STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

मुलुकमा बहुदलीय व्यवस्थाको पुनःबहाली भएको सम्झनामा ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुने भएको छ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको स्मृतिमा स्थापना गरिएको वीर गणेशमान सिंह फाउण्डेशको आयोजनामा मङ्गलबार ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता वसन्तपुर दमकल, न्यूरोड गेट, वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क, भद्रकाली, शहीदगेट हुँदै पुनः वसन्तपुर पुगेर समापन हुनेछ । फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहले नयाँ पुस्तालाई जनआन्दोलन तथा बहुदलीय व्यवस्था पुनःबहालीका बारेमा चिनाउन उक्त प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, विद्यार्थीलगायतको सहभागिता रहनेछ ।
Categorized in राष्ट्रिय