STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘जुल रे जुल’ नेपालभाषाको नयाँ म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १६, आइतबार

नेपालभाषाको संगीत क्षेत्रमा नयाँ म्युजिक भिडियो ‘जुल रे जुल’ सार्वजनिक भएको छ ।

नवप्रतिभा दम्पत्ति सुमित्रा महर्जन र वीरेन्द्र महर्जनले गाएको गीतको म्युजिक भिडियो शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

कलानिधि ईन्दिरा संगीत महाविद्यालयका धनबहादुर गोपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशक विजयरत्न असंबरेले सो भिडियोको समीक्षा गर्नुभएको थियो ।

चन्देश्वर श्रेष्ठको लेखन र सुरेन्द्र श्रेष्ठको संगीत रहेको सो गीतको म्युजिक भिडियोको निर्देशन रामकृष्ण खड्गीले गरेका हुन् । रुपेन्द्र श्रेष्ठ, रजनी खड्गीलगायतका कलाकारहरुको अभिनय रहेको भिडियोको छायांकन रकी महर्जन, सम्पादन बालकृष्ण वंशीले गरेका हुन् । ओमप्रकाश महर्जनको निर्माण रहेको म्युजिक भिडियोमा मेकअप उमिशा पाण्डेले गरेका हुन् ।

सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार धनबहादुर गोपालीसहित अन्य अतिथिहरु गायिका संगीता शाक्य, सिनेपत्रकार विजयरत्न असंबरेको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व गायिका सुमित्राका आमा लक्ष्मीदेवी र बुवा बेखानारायण महर्जनले गरेका थिए ।

Categorized in साहित्य-कला