STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘गोलढुङ्गामा रङ्गशाला निर्माणका लागि महायज्ञ

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ४, शनिबार

सुदर्शन गोलढुङ्गा स्मृति रङ्गशाला’ निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । गोलढुङ्गा खेलकूद समाजको आयोजनामा समाजका संस्थापक अध्यक्ष एवं काङ्ग्रेस नेता स्व सुदर्शन आचार्यको स्मृतिमा रङ्गशाला निर्माणका लागि महायज्ञ गर्न लागिएको हो । समाजका कार्यवाहक अध्यक्ष राजेन्द्र अर्यालले आचार्यको चाहना गोलढुङ्गाको खेलकूद विकासका लागि खेलमैदान निर्माण गर्ने भएकाले समाजले भोलिदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको जानकारी दिनुभयो । “महायज्ञबाट उठेको रकमबाट सुदर्शन गोलढुङ्गा स्मृति रङ्गशाला निर्माण गर्नेछौँ,” उहाँले भन्नुभयो । महायज्ञमा वाचन प्रवीण दीनबन्धु पोखरेलले कथावाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष अर्यालले बताउनुभयो । यस्तै, महायज्ञमा विस २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पमा परी अकालमा ज्यान गुमाएको आत्माको उद्धारका लागि दिप प्रज्वलन गर्ने कार्यक्रमसमेत रहेको छ । – रासस
Categorized in उपत्यका