STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘गुगल मिट’ १ घण्टा मात्रै निःशुल्क

Janjati Khabar – एजेन्सी | २०७७ आश्विन १६, शुक्रबार

सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब १ घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ ।

गुगलले अनलाइनमार्फत भिडियो बैठक तथा कुराकानी गर्न मिल्ने गरी गुगल मिट सेवा केही समयअगाडि सुरु गरेको थियो । 

सुरुमा सबै निःशुल्क सेवा दिएको भए पनि अब ३० सेप्टेम्बरदेखि एक पटकमा बढीमा ६० मिनेट मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको हो ।  

गुगलका प्रवक्ताले भने, 'विगतमा १ सय जनाभन्दा बढी मान्छेहरूसँग एकै पटकमा असीमित समयसम्म निःशुल्क बैठक तथा कुराकानी गर्न मिल्ने व्यवस्था थियो, अब त्यसको समय सीमित गरिएको छ ।'

उनले ‘गुगल मिट’ को अन्य सेवा तथा कार्यप्रणालीमा भने कुनै परिवर्तन नगरिएको र गरिएमा जानकारी गराइने पनि स्पष्ट पारे । 

उनका अनुसार ‘गुगल मिट’ मा अहिले शैक्षिक उपभोक्ताहरूले २५० जनाभन्दा बढी सहभागी एकै पटक राखेर बैठक गर्न सकिने व्यवस्था गरिएको छ ।  

त्यसैगरी एउटै डोमिनबाट १ लाखभन्दा बढीले हेर्न मिल्नेगरी प्रत्यक्ष प्रसारण गर्न मिल्ने र गुगल ड्राइभमा रेकर्ड गर्न पनि मिल्ने सेवा दिइने गुगलले जनाएको छ ।

यस्तो सेवा व्यावसायिक उपभोक्ताहरूलाई मात्रै उपलब्ध हुने पनि गुगलले स्पष्ट पारेको छ । त्यसका लागि उपभोक्ताहरूले मासिक २५ डलर मात्रै तिरे पुग्ने गुगलद्वारा जारी वक्तव्यमा उल्लेख छ ।   

कोरोना भाइरसको महामारीका कारण मानिसहरूले भौतिक भेटघाट गर्न नपाएपछि यस्ता माध्यमहरूको प्रयोग बढेको छ ।

 

Categorized in विज्ञान-प्रविधि