STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

‘एक्टर : टेक वन’को प्रदर्शन शुक्रबार देखि

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ १७, बिहिबार

शिर्षकमा विवादको कारण अदालती झमेलामा परेको ‘एक्टर : टेक वन’ शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुने भएको छ । वितरण कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन)ले शुक्रबारदेखि प्रदर्शनमा आउने कुरा पुष्टि गरेको छ ।

डीसीएनले सबै हललाई इमेल गर्दै शुक्रबारको लागि शो तय गर्न आग्रह गरेको छ । ‘फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ । सोहीअनुसार प्रदर्शन तालिका तय गर्नुहोला’ डीसीएनकी हेमा अधिकारीले हललाई लेखेको पत्रमा उल्लेख छ ।

चलचित्र विकास बोर्डले पनि चलचित्र संघलाई पत्र लेख्दै भोलिदेखि हुने प्रदर्शनमा सहजीकरण गर्न आग्रह गरेको छ । निर्माताले सो सम्बन्धी जानकारी दिन विहिबार पत्रकार सम्मेलन गर्दै फिल्म शुक्रबारदेखि रिलिज हुने जनाएका छन् ।

एड्भान्स टिकट विक्री हलले बिहीबारदेखि सुरु गरेका छन् । चलचित्र संघका महासचिव सुरेन्द्र थापाले बुकिङ सुरु हुने बताए ।

‘एक्टर’ र ‘एक्टर : वन’ फिल्मका निर्माताबीच विहिबार भएको सहमतिपछि रिलिजको बाटो खुलेको थियो । सहमतिमा ‘एक्टर’का निर्माताले काठमाडौं जिल्ला अदालतमा विचाराधिन मुद्दालाई फिर्ता लिने सहमति भएको थियो ।

‘एक्टर’ फिल्मतर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले शुक्रबार अदालत खुल्ने वित्तिकै मुद्दा फिर्ता लिएर तामेलीमा राखिने बताए ।

Categorized in सिनेमा