STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

९ वैशाखदेखि एसइई

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २७, बिहिबार

माघ २७, काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ ।

११ वैशाखमा अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । १२ गते गैरनेपाली विद्यार्थीको हकमा अंग्रेजीको परीक्षा हुनेछ ।

९ वैशाखदेखि सुरु हुने परीक्षा २० वैशाखसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षा सञ्चालन मिति तोकेको हो । बोर्डले स्थानीय तहको निर्वाचनसँग मिति नजुध्नेगरी परीक्षा मिति तोकेको हो ।

Categorized in शिक्षा