STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

८९ वर्षीय गायक गुह्येश्वरीको दाफा गीत सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १७, आइतबार

राज्यले परम्परागत गीतसंगीतको संरक्षण गर्न नसकेको गुनासो

२०७८ असोज १६ शनिबार/काठमाडौं - वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठुलो योगदान रहेपनि राज्यबाट अपेक्षाकृत रुपमा केही हुन नसकेको गुनासो गर्नुभयो । 

कार्यक्रममा ८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरबाट स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक गरिएको थियो । शताब्दी पुरुष जोशीको साथमा नेपालभाषा साहित्यका जनकवि दुर्गालाल श्रेष्ठ, वौद्ध विद्वान फणिन्द्र रत्न बज्राचार्य, चर्या गुरु यज्ञमान पति बज्राचार्यले संयुक्त रुपमा मानन्धरबाट गाइएको दाफा गीतको भच्र्युंअल एल्बमको विमोचन गर्नुभयो । कार्यक्रममा मानन्धरका जम्मा ७ वटा गीतहरु सार्वजनिक गरिएको थियो । गीतहरुमा संगीतकार हरिशरण साय्मिले संगीत संयोजन गरेका छन् । सार्वजनिक गरिएका गीतहरु गायक मानन्धरकै युट्युब च्यानलमार्फत सार्वजनि गरिएको छ । सोही कार्यक्रममा मानन्धरको गीत ‘श्याम सुन्दर’ म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो । 

कार्यक्रममा शताब्दी पुरुष जोशी, जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा दाफा गुरुहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । मन्तव्यको क्रममा जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा प्राध्यापक डाक्टर सिलु मानन्धर बज्राचार्य र प्राध्यापक डाक्टर पुष्कर बज्राचार्यले नेवार समाजमा परम्परागत दाफा गीतको महत्व र यसको संरक्षणमा गायक मानन्धरको योगदानको बारेमा चर्चा गरेका थिए । 

Categorized in साहित्य-कला