STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

६९ जनाको शव फेला, तीनजनाकाे शव खोँचबाट निकाल्न कठिन

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १, आइतबार

काठमाडौं - आइतबार बिहान पोखराको सेती खोँचमा यती एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा परेपछि उद्धार कार्य जारी रहेको छ ।

चालक दलसहित ७२ जना सवार रहेकामध्ये हालसम्म ६९ जनाको शव फेला परेको छ भने बाँकी ३ शव फेला परे पनि खोँचबाट निकाल्न कठिन भएको छ । यस्तै, तीन जनाको अवस्था भने अझैँ अज्ञात रहेको बताइएको छ ।

हालसम्म फेला परेका शवमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ भने ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ।

लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया, निरा छन्त्यालको सनाखत भएको छ। यस्तै, हालसम्म १ विदेशीसहित ११ जनाको सनाखत भइसकेको बताइएको छ ।

Categorized in अपराध-दुर्घटना