STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

५ लाख बढीको नक्कली नोटसहित काठमाडौंबाट २ जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २७, आइतबार

काठमाडौं- काठमाडौं प्रहरीले ५ लाख १४ हजार मूल्य बराबरको नक्कली नोटसहित  २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका—१४ कलंकीमा चिया पसल सञ्चालन गर्ने तारादेवी डंगोल छिन्। त्यस्तै नागर्जुन-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ पनि पक्राउ परेकी छन्। 

उनीहरुको साथबाट एक हजार दरको ५ सय १४ थान नक्कली नोट बरामद भएको काठमाडौं प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले शनिबार राति पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

Categorized in अपराध-दुर्घटना