STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

५४ हजार मतसहित रवि लामिछाने विजयी

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १२, मंगलबार

काठमाडौं - प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

वैशाख १० गते खसेको ७८ हजार २७७ मा रविले ५४ हजार २७६ मत पाएका छन् । मंसिरको निर्वाचनभन्दा रविले पाँच हजार मत बढी पाएका छन् । रविले प्रतिस्पर्धी उम्मेदवारलाई ४३ हजार मतले पराजित गरेका हुन् । जुन अहिलेसम्मकै ठूलो जितहार हो ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार १५१ मत पाएका छन् । मंसिरको निर्वाचनमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २४ हजार नौ सय मत पाएका थिए । अहिले कांग्रेसको झन्डै चार हजार मत कमी आएको छ ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएका छन् । मंसिरको निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय मत पाएका थिए । अहिले एमालेको तीन हजार मत गुमेको छ ।

Categorized in राजनीति