STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

५२ लाख नक्कली नेपाली नोटसहित ९ जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २६, शुक्रबार

काठमाडौं - नेपाल प्रहरीले ५२ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपाली रहेका छन् । उनीहरुको साथबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार काठमाडौंको थानकोटबाट पर्यटक गाडीमा ३६ लाख रुपैयाँ नक्कली नोटक बरामद भएको थियो । प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु१प५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट उक्त नक्कली नोट बरामद गरेको हो । त्यसपछि खोजतलास गर्दै जाँदा थप रकम र कारोबारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कारोबारीले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले भनाइ छ ।

प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ ।

Categorized in अपराध-दुर्घटना