STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

५० जिल्लाका नेपालीको जमघट दुबर्इमा 

Janjati Khabar – जनजाति खबर | २०७४ माघ २१, आइतबार

दुबई । फ्रब्रुअरी २ तारिख (शुक्रबार) दुबर्इमा ५० जिल्लाका नेपालीहरू जमघट भएका छन् । पाल्पाली समाज दुबई क्षेत्रीय समितिले फेब्रुअरी २ तारिख शुक्रबार आयोजना गरेको वनभोज कार्यक्रम ५० जिल्लाका नेपालीको जमघट भएको हो ।
दुबईको प्रख्यात जाबिल पार्कमा भएको बनभोज कार्यक्रममा लगभग पचास जिल्लाका ४५० नेपालीहरुले सहभागिता रहेको समाजका अध्यक्ष बेदप्रसाद अर्यालले जानकारी दिए । तीन वर्ष अगाडि स्थापना भएको पाल्पाली समाज यूएईले थोरै तर उत्कृट कार्यक्रम गर्दै आएको र पाल्पाली समाजको कार्यक्रमको विज्ञापन देख्ना साथ दर्शकहरुको ओइरो लाग्ने वनभोजमा सहभागी बिना थापाले बताइन ।नेपाली स्वादको खाना, दोहोरी गीत, हाजिरीजवाफ र खेलकुदसहितको वनभोज कार्यक्रममा निकै टाढा-टाढा अबुधाबि ,अलैन र सलखेमा फुजेराबाट आएका दर्शकहरुको भिड रहेको आयोजकले बताएको छ । दुबईमा लामो दुरिको वनभोजलाई चुनौति दिदै पाल्पाली समाजले सहज र सुबिधाजनक ठाउँमा कार्यक्रम गरेकोमा खुसी ब्यक्त गरेको सहभागी पत्रकार खिमलाल पाण्डेले बताए । कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष किशोर अर्यालले सहभागीलार्इ धन्यवाद दिएका थिए । क्षेत्रीय समिति दुबईका अध्यक्ष खगेश्वर पाल्पाली कान्छाको सभापतित्वमा भएको कार्यक्रममा बेदप्रसाद अर्यालले कार्यक्रमको सहजिकरण गरेका थिए ।
Categorized in राष्ट्रिय