relans
ni new 83
nib 2082 5

४४९९ नयाँ संक्रमित थपिए, शुक्रबारमात्र १७ जनाकाे मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ७, शुक्रबार

काठमाडौं – पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएकाे छ ।

याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। याेसँगै नेपालमा हलासम्म कोरोनाबाट ८२९ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार ४६ हजार ६९१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै आइसोलेसनमा बस्नेको संख्या ४६ हजार ६९१ जना छन्  भने क्वारेन्टाइनमा ३ हजार ५९० जना रहेका छन्। 

मन्त्रालयका अनुसार शुक्रबार २६ सय ६८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ। 

 

Categorized in राष्ट्रिय
ppp 2