STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

३१ औं नारायणगोपाल स्मृति साँझमा गायिका रत्नशोभा महर्जन अतिथि गायिका, कार्यक्रम मंसीर १९ गते थांबहाल कीर्तिपुरमा

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ मङ्सिर १४, मंगलबार

चर्चित गायक राजेश महर्जन नेवाः, सुविन श्रेष्ठ लगायत विभिन्न कलाकारहरुद्वारा स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको गीतसंगीत प्रस्तुत हुने

कीर्तिपुर/भ्वाईस अफ कीर्तिपुरको आयोजनामा तथा नेवाः लहनाको प्रायोजनमा ने.सं. ११४२ थिंलाथ्व पारु (मंसीर १९ गते) आइतबार कीर्तिपुर १ वडा थांबहाः टोलमा ३१ औं स्वरसम्राट नारायण गोपाल गुरुवाचार्य स्मृति साँझ सांगितिक कार्यक्रम हुने भएको छ । गत वर्षको ३० औं नारायणगोपाल स्मृति साँझ कोरोना महामारीबाट भएको लकडाउनका कारण कीर्तिपुर १ वडास्थित लायकू दरबार रेष्टुरेन्ट एण्ड हेरिटेज होममा आयोजना गरेको थियो । उक्त कार्यक्रममा कीर्तिपुरकी चर्चित गायिका रत्नशोभा महर्जन र चर्चित गायक राजेश महर्जन नेवाःले नारायणगोपालका विभिन्न गीतहरु तथा युगल गीतहरु प्रस्तुत गरेका थिए ।  

अब मंसीर १९ गते आइतबार हुने ३१ औं स्वरसम्राट नारायणगोपाल स्मृति साँझमा अतिथि गायिकाको रुपमा रत्नशोभा महर्जनको उपस्थिति रहने र कीर्तिपुरकै चर्चित गायक राजेश महर्जन नेवाः, सुविन श्रेष्ठ र अन्य गायक गायिकाहरुले नारायण गोपालका विभिन्न गीतहरु प्रस्तुत हुनेछ । गायिका रत्नशोभा महर्जनले आफ्नो कर्णप्रिय स्वरबाट नारायण गोपालका गीतहरु गाउनु हुनेछ भने गायक राजेश महर्जन नेवाःसंग नारायणगोपालका लोकप्रिय युगल गीतहरु गाउनु हुने जानकारी आयोजक भ्वाईस अफ कीर्तिपुरले दिएको छ ।

यस्तै संगीतकर्मी गायक राजेश महर्जन नेवाःले स्वरसम्राट नारायणगोपालका लोकप्रिय गीतहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने कीर्तिपुरकै गायक सुविन श्रेष्ठले पनि नारायणगोपालका विभिन्न गीतहरु प्रस्तुत गरिने आयोजक भ्वाईस अफ कीर्तिपुरले जानकारी दिएको छ ।

 स्वरसम्राट नारायण गोपाल गुरुवाचार्य ३१ औं स्मृति दिवसको उपलक्ष्यमा हुने उक्त नारायणगोपाल स्मृति साँझ सांगितिक कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती रिजाल खड्का प्रमुख अतिथिका रुपमा उपस्थित हुने र विभिन्न वडाका वडाध्यक्षहरु एवं संगीतप्रेमी व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित हुने जानकारी  गायक राजेश महर्जन नेवाःले दिनुभएको छ ।

भ्वाईस अफ कीर्तिपुरले उक्त दिन उपस्थितिको लागि सबैमा अनुरोध गरेको छ ।

उक्त ३१ औं नारायणगोपाल स्मृति साँझ कार्यक्रममा मिडिया पार्टनरको रुपमा कीर्ति अनलाईन, नेवाः अनलाईन न्यूज, जनजाति खबर डटकम, स्वर्णिम सन्देश साप्ताहिक र नेवाः एफएम १०६.६ मेगााहर्ज रहेको छ ।

Categorized in साहित्य-कला