STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

२४ औँ वन्यजन्तु सप्ताह हुने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २८, बिहिबार

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु सप्ताह’ मनाइने भएको छ । विभागले हरेक वर्षझैँ यस वर्ष पनि ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने मूल नाराका साथ सप्ताहव्यापीरूपमा २४औँ वन्यजन्तु सप्ताह मनाउन लागेको हो । सप्ताहअन्तर्गत वन परिसर बबरमहलमा होर्डिङबोर्ड अनावरण, प्राकृतिक स्रोत संरक्षण समितिका सांसदद्वारा चितवन राष्ट्रिय निकुन्जको अवलोकन तथा चिडियाखाना जावलाखेलमा अन्तरक्रिया, माइतीघरमण्डलामा विद्यार्थीद्वारा चित्रकला प्रतियोगिता आयोजना गरिनेछ । यसैगरी, सूर्यविनायकमा चरा अवलोकन, पाटन दरबार क्षेत्रमा सरसफाइ, ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने शीर्षकमा कविता वाचन, पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिनेछ । विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले हरेक वर्षझैँ यस वर्ष पनि मुलुकमा भएका विभिन्न वन्यजन्तु संरक्षणका लागि ‘वन्यजन्तु सप्ताह’ मनाउन लागिएको जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय