STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

२०७८ सालमा थप ४ दिन सार्वजनिक विदा दिने निर्णय

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ९, सोमबार

काठमाडाैं - सरकारले आउने वर्ष २०७८ सालमा थप चार दिन बिदा दिने निर्णय गरेकाे छ ।

आगामी वर्ष २०७८ मा ४ दिन सार्वजनिक विदा थप गरिएको हो ।

यसअघि दिइँदै आएको चाडपर्व विदामा चार दिन थप गर्दै घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि विदा दिने निर्णय सरकारले गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ४ दिन विदा दिने निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि विदा हुनेछ ।

त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय विदा हुनेछ ।

Categorized in राष्ट्रिय