STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

१९७४ एडी कन्सर्ट कीर्तिपुरमा ः कीर्तिपुरका डिएसपी कामतीद्वारा पूर्ण रुपमा सुरक्षा दिने प्रतिबद्धता

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १९, मंगलबार

सांगितिक क्षेत्रमा सक्रिय भइरहेको कीर्तिपुरको कीर्ति इभेन्टसले कार्तिक २३ गते शनिबार दिउँसो ३ बजे कीर्तिपुर नगरपालिका १० वडास्थित नयाँबजार खेलकुद मैदानमा नेपालको सर्वाधिक चर्चित ब्याण्ड १९७४ एडीको कन्सर्ट कार्यक्रमको आयोजना गरेको छ । साथै उक्त कन्सर्टमा सर्वाधिक चर्चित ब्याण्ड कुतुम्बले १९७४ एडी ब्याण्डसंग संयुक्त रुपमा सांगितिक प्रस्तुति पनि हुनेछ भने चर्चित गायक रोहित जोन क्षेत्रीले १९७४ एडीको सांगितिक कन्सर्ट प्रस्तुति अगाडि आफ्नो प्रस्तुति पस्किने जानकारी आयोजक कीर्ति इभेन्टसले दिएको छ । १९७४ एडीको कन्सर्टको विषयमै आज कार्तिक १९ गते मंगलबार कीर्तिपुरको कःसि क्याफे रेष्टुरेन्टमा विशेष पत्रकार सम्मेलनको आयोजना भएको छ । उक्त पत्रकार सम्मेलनका अतिथिको रुपमा उपस्थित कीर्तिपुर नगरका डिएसपी छेदीलाल कामतीले उक्त कन्सर्ट कार्यक्रममा पूर्ण रुपमा प्रहरी बलको सुरक्षा दिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । उहाँले यदि सुरक्षाको लागि जनशक्ति अपुग भए बाहिरबाट झिकाउने जानकारी पनि दिनुभएको थियो । डिएसपी कामतीले उक्त कन्सर्टको सफलताको शुभकामना व्यक्त गर्दै कन्सर्ट भव्यतब्य र सभ्य तथा शान्त वातावरणमा सफलता होस् भनी कामना गर्नुभएको थियो । कन्सर्ट आयोजक कीर्ति इभेन्टसको अध्यक्ष राकेश महर्जनको सभापतित्वमा संचालन भएको थियो भने अतिथिको रुपमा कीर्तिपुर नगरपालिका १० वडाका वडाध्यक्ष अमन महर्जनको पनि उपस्थिति रहेको थियो भने वडाध्यक्ष महर्जनले कन्सर्टको सफलताको कामना गर्दै १९७४ एडीको संगीतले आफू मन्त्रमुग्ध भएको र एसएलसी परीक्षाको समयमा आफूलाई १९७४ एडीकै संगीतले सफलता मिलेको स्मरण सुनाउँदै सुरक्षा निकायलाई मजबूत रुपमा सुरक्षा दिन अनुरोध गर्नुभएको थियो । पत्रकार सम्मेलनमा प्रमुख अतिथको रुपमा १९७४ एडीका सम्पूर्ण ब्यण्ड मेम्बर्सहरु उपस्थित हुनुभएको उक्त कार्यक्रममा ब्याण्ड मेम्बर गितारिष्ट निराकार याक्थुम्बाले नेपाल अधिराज्यभर नै हालसम्मकै पहिलो उत्कृष्ट साउण्ड, स्टेज, लाईट सिष्टमको समिश्रणका साथ कीर्तिपुरमा ब्याण्डको कन्सर्ट हुनलागेको जानकारी दिनुभएको थियो । पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासालाई लिएर १९७४ एडीका एड्रिन प्रधानलगायत अन्य ब्याण्ड मेम्बर्सले बोल्नु भएको थियो । भिजिट नेपाल २०२० को प्रचारात्मक गन्तव्यलाई प्रमुख लक्ष्य बनाएर हुनलागेको उक्त कन्सर्टमा आफूहरु व्यावसायिकता भन्दा पनि २०२० को भिजिट नेपाल सफलताको कामना गर्दै कीर्तिपुरका जनताहरुसंग सांगितिक सदभाव र मित्रता कायम गर्न आफूहरु कीर्तिपुर आउन लागेको जानकारी १९७४ एडी ब्याण्डले जानकारी दिनुभएको छ भने कीर्तिपुर सांस्कृतिक र सांगितिक ‘हब’को रुपमा स्थापित होस् भन्ने कामना पनि १९७४ एडी ब्याण्डले गरेका छन् । १९७४ एडीको कीर्तिपुर हुने कन्सर्ट ‘कमब्याक टुगेडर निरन्तरता म्यूजिकल टूर’को रुपमा हुन लागेको जानकारी आयोजक कीर्ति इभेन्टसका अध्यक्ष राकेश महर्जनले जानकारी दिनुभएको छ भने उहाँले १९७४ एडीसंग हातेमालो गर्न कुतुम्ब फ्यूजन म्यूजिक ब्याण्डले जोडडार साथ दिने जानकारी पनि दिनुभयो भने उहाँले उक्त कन्सर्टमा ५००० भन्दा पनि बढी दर्शकहरुको उपस्थिति रहने कुरा राख्नुभएको छ । कीर्तिपुरमा बेस रहेर कीर्तिपुरको संस्कृति, मौलिकता र परम्परालाई अँगाल्दै विभिन्न सांगितिक गतिविधिहरु गर्दै आइरहेको कीर्ति इभेन्टस प्रा।लि।ले गोल्डेन भ्वाईस अफ नेपाल प्रेमध्वज प्रधान साँझ, चंगा चैट इत्यादी कार्यक्रमको आयोजना गरिसकेको छ । आजको पत्रकार सम्मेलन प्रविण बस्नेतले संचालन गर्नुभएको थियो ।
Categorized in सिनेमा