STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

१३ औँ सागकाे खर्च १ अर्ब ३२ करोड

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १४, आइतबार

काठमाडाैं – राष्ट्रिय खेलकुद् परिषद्ले गतबर्ष सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद (साग) संचालनमा १ अर्ब ३२ करोड खर्च भएको जनाएको छ । 

खेल सकिएको तीन महिनाभित्र आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता गरेको परिषद्ले एक बर्षपछि आईतबार खर्च सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार, खेल संचालनमा १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैंया खर्च भएको थियो । खेल संचालनका लागि बनाइएका भौतिक पूर्वाधारमा २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैंयाँ खर्च भएको परिषद्ले जनाएको छ ।  

पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय संघलाई सरकारले २२ करोड ७६ लाख पुरस्कार प्रदान गरेको थियो । साग खेलकुद्मा नेपालले हालसम्मकै सबैभन्दा धेरै ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदकसहित दोस्रो स्थान बनाएको थियो ।

खर्च विवरण सार्वजनिक गर्दै सदस्य सचिव रमेशकुमार सिलवालले सहभागी राष्ट्रबाट प्राप्त रकम फरफारक र कोभिड १९ को बाधाका कारण आयव्यय सार्वजनिक गर्न ढिलाई भएको बताए । काठमाडौं, पोखरा र जनकपुरबाट समयमा हिसाबकिताब नआएकाले २ पटक सार्वजनिक सूचना प्रकाशित गर्नुपरेकोसमेत उनले बताएका छन् । 

Categorized in खेलकुद