STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

११ मा स‌ंकाय हटाइने • विद्यालय तहजस्तै भर्ना र परीक्षा हुने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ७, आइतबार

काठमाडौँ – एसईई पछि संकायअनुसार भर्ना भइरहेकाे स्थानमा अब कक्षा ११ मा संकाय हटाइने भएकाे छ ।  पहिलेकाे जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्काय भनी कक्षा ११ मा भर्ना लिन नपाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले जनाए अनुसार अब विद्यालयले सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न पाइँदैन । उहाँले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए । अब कक्षा ११ मा भर्ना हुँदा विद्यार्थीलाई तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छवटा विषय अध्यापन गराइन्छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–९ र १० को जस्तै गरी लिइनेभएको हो । अब पहिले जस्ताे संकाय छुट्याएर भर्ना हुनुपर्दैन । परीक्षापछि विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने भएको छ । कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ ।  ११ पछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुने केन्द्रले जनाएकाे छ ।
Categorized in शिक्षा