relans
ni new 83
nib 2082 5

ह्याण्डबल खेलाडी छनोट

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १, शुक्रबार

नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागका लागि ह्याण्डबल खेलका महिला तथा पुरुष खेलाडी छनोट गरिएको छ । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि बिहीबार महिला र पुरुषतर्फ १६÷१६ खेलाडी छनोट गरिएको नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । छनोट भएका खेलाडीमा पुरुषतर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपकसिंह बोहोरा, सन्दीप कार्की, रणसिंह रावत, इन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिञ्जाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन् । यस्तै महिलातर्फ बविता श्रेष्ठ, अर्चना न्यौपाने, सङ्गिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आइतालामु शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बाँस्कोटा छन् । छनोट समितिका संयोजक एवम सङ्घका उपाध्यक्ष जीवन बस्नेतका अनुसार पुरुष र महिलातर्फ पाँच÷पाँच वैकल्पिक खेलाडीसमेत छनोट गरिएको छ । वैकल्पिक खेलाडीमा महिलातर्फ जीना राई, साधना वम, विष्णु बोगटी, देवी श्रेष्ठ र मञ्जु राउत तथा पुरुषतर्फ शरुणमान श्रेष्ठ, तारा केसी, प्रवीण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल छन् । साग तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्येबाट पहिलो चरणमा पुरुष तथा महिला २८÷२८ र दोस्रो चरणमा २२÷२२ खेलाडी छनोट गरिएकामा उनीहरुमध्येबाट अन्तिम खेलाडी छनोट गरिएको सङ्घका सचिव केशव पाठकले जानकारी दिनुभयो । सागमा ह्याण्डबलसहित आठ खेल पोखरामा खेलाइनेछ ।
Categorized in खेलकुद
ppp 2