STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

होली प्रतिबन्ध ः काठमाडौं प्रशासन

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २२, बिहिबार

जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ। कार्यालयले शुक्रबार विज्ञप्ति निकालेर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस कोभिड(१९) बाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरेको हो। अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व होली लगायत कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन सबैमा अनुरोध गरिन्छ, प्रशासकीय अधिकृत मानबहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।
Categorized in राष्ट्रिय