STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

होटल व्यवसायी महासङ्घको अध्यक्षमा शाह

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ७, सोमबार

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बुटवलका होटल व्यवसायी शाहको नेतृत्वमा ७३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । निर्वाचन समितिका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रथम उपाध्यक्ष पर्यटनतर्फ जनकबहादुर शाही, द्धितीय उपाध्यक्ष सङ्गठनतर्फ केपी शर्मा, उपाध्यक्ष महिलातर्फ मीनादेवी गौतम, उपाध्यक्ष विश्वराज खनाल, इच्छाबहादुर वाग्ले प्रशासनतर्फ र इमान्द बराल चयन हुनुभएको छ । त्यस्तै महासचिवमा वीरमन्जन बटाला, उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, सहकोषाध्यक्षमा मोदनाथ बेल्वासे, सचिवहरुमा दीर्घमान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुल्सीराम भण्डारी, राजु अधिकारी र गणेशबहादुर खड्का रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष शाहले व्यवसायको हकहितका लागि होटल व्यवसायीको एकता जरुरी रहेको औँल्याउनुभयो । होटल व्यवसायीले दोहोरो कर तिर्नुपर्ने बाध्यता आफूले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Categorized in बिजनेस