STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हेटौंडामा दुइटा सुमो ठोक्किँदा ११ जना घाइते

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ११, मंगलबार

काठमाडाैं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका– २ स्थित चौकीटोलमा दुईवटा सुमो एक आपसमा ठोक्किएका छन् ।

आज बिहान भएको उक्त दुर्घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

हेटौंंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश – ३ –०३–००१ ज ००२९ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था सामान्य रहेको र दुवै सुमोलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

Categorized in अपराध-दुर्घटना