STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हेटौँडालाई नै स्थायी राजधानी गर्न माग

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १२, मंगलबार

हाल अस्थायी राजधानी रहेको हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न मकवानपुरस्थित जनसरोकार केन्द्रले जोड दिएको छ ।मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक धुव्रप्रसाद चौलागाईंले केन्द्रीकृत मानसिकता त्याग्न सम्बन्धित सबैमा आग्रह गर्दैे राजधानीको विषयमा रहेको अन्योल हटाउन सुभाव दिनुभयो । हेटौँडा सबै दृष्टिकोणले स्थायी राजधानीको लागि उपयुक्त रहेको र सबै जिल्लाबाट नजिक भएकाले राजधानी अन्यत्र सार्नुभन्दा ९० प्रतिशत यहाँको वातावरण सहज भएकैले हेटौँडालाई नै राजधानी स्वीकार गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो । देशको केन्द्रीय राजधानी काठमाडौँलाई नै असर पर्ने गरी उपत्यका वा त्यस वरपर प्रदेश राजधानी सार्ने हो भने सङ्घीयताका दृष्टिकोणले अनुपयुक्त हुनेमा जोड दिँदै संयोजक चौलागाईंले भन्नुभयो, “सवारी साधन जाममा परेर एम्बुलेन्समै बिरामीको मृत्यु भइरहेको देशको राजधानी काठमाडौँलाई थोरै भए पनि राहत दिन, उपत्यकाको धुलो धुवाँ र प्रदूषण थप बड्न नदिनका लागि हेटौँडालाई काठमाडौँको वैकल्पिक शहरका रुपमा विकास गर्न, केन्द्रीकृत अधिकार विकेन्द्रीकृत भयो भनेर प्रमाणित गर्न, अर्बौं लगानी गरेर तयार भएका यहाँको भौतिक संरचनालाई उपयोगविहीन बनाएर अन्त फेरि अर्बौं लगानी गर्नबाट रोक्न हेटौँडालाई नै स्थायी राजधानी कायम गर्नुपर्छ ।”
Categorized in राष्ट्रिय