STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हिरासतमा रहेकाको रिहाइ माग्दै लुभु र साँगामा प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार

काठमाडौं – बुंगःद्यः जात्राको क्रममा भएको झडपमा पक्राउ परेकाहरुको अविलम्ब रिहाइ माग्दै लुभु र साँगामा स्थानीयले प्रदर्शन गरेको छ । ललितपुरको लुभुमा स्थानीयहरुले स्वतःस्फूर्त रुपमा हिरासतमा रहेकाहरुको रिहाइ माग्दै प्रदर्शन गरेका हुन् । [caption id="attachment_38290" align="alignnone" width="901"] लुभुका स्थानीयकाे प्रदर्शन[/caption] यसैगरी, साँगा, काभ्रेका स्थानीयहरुले पनि हिरासतमा रहेकाको रिहाइ माग्दै साँगामा प्रदर्शन गरेका छन् । दुवै प्रदर्शनमा स्थानीय युवाहरुको उल्लेख्य सहभागिता थियो । प्रदर्शनमा राज्यको दमनको नीति बन्द हुनुपर्ने, पक्राउ परेकाको अविलम्ब रिहाइ हुनुपर्ने जस्ता माग सहितका पम्प्लेट प्रदर्शन गरेका थिए ।

तस्बिर सौजन्य : योगेश श्रेष्ठ/नेवाः म्हसीका फेसबुक

Categorized in उपत्यका