STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हाम्रो बारेमा

Janjati Khabar – जनजाति खबर | २०७४ माघ ४, बिहिबार

  नेपाल र जापानबीचको सम्बन्ध सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाइ कावागुचीको नेपाल भ्रमणबाट सुरू भएको हो । उनले नेपाललार्इ जापानीहरू बीच परिचय दिए । त्यसको धेरै पछि सन् १९५६ मा मात्र दुर्इ देशका बीचमा दौत्य सम्बन्ध स्थापना भएको भए पनि बुद्ध जन्मस्थलका रूपमा लुम्बिनी जापानीहरूका लागि आकर्षण केन्द्र रह्यो भने नेपालीहरूका लागि जापान शिक्षा, ज्ञान र विकासका लागि आकर्षक रह्यो । पछिल्ला वर्षहरूका नेपालीहरूका लागि जापान रोजगारीका लागि समेत आकर्षक गन्तव्य रही आएको छ । यसको साथै नेपालको विकासका लागि जापान प्रमुख सहयोगदाताका रूपमा स्थापित छ । यससम्बन्धलार्इ अझ प्रगाढ बनाउँदै जनस्तरमा रहेको सम्बन्धलार्इ सुचारू बनाइराख्ने उद्देश्यका साथ नेपाल जापान न्यूज डट कम वेबसाइटको माध्यमबाट समाचार सेवा सुरू गरिएको हो । यो सेवाबाट जापान र नेपालमा रहनुभएका नेपाली जनता लाभान्वित हुने आशा गरिएको छ । जापानलार्इ आफ्नो कर्मस्थल बनाइरहेका नेपालीहरूद्वारा नेपालमा रहेका आफ्ना सहयोगी मित्रहरूको सहयोगमा यो वेबसाइट सञ्चालित रहेको छ । यसमा आउने समाचार र अन्य सामग्रीहरूका सम्बन्धमा टिप्पणीहरूका साथ यस वेबसाइटलार्इ अझ उन्नत बनाउन सुझावको अपेक्षा राखिएको छ ।
Categorized in राष्ट्रिय