STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हरेक वर्ष करिब सय करोड भन्दा बढी बजेट छुट्याउदै आइरहेको मेयरको दावी

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र ५, शनिबार

काठमाडौं महानगरपालिकाले सम्पदा लगायत का क्षेत्रमा भए गरेका कामकोबारे जानकारी गराउने उद्देश्यले महानगर प्रमुख बिद्यासुन्दर शाक्यद्वारा एउटा पत्रकार सम्मेलन गरेका छन् । होटल येलो प्यागोडामा गरिएको प्रेस सम्मेलनमा मेयर शाक्यले नेपालको संविधानले मुलुकको मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदा, भाषा आदिको संरक्षण सम्बर्द्धन एवं प्रवर्द्धन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही अनुरुप स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय मूर्त एवं अमूर्त कला, संस्कृति, सम्पदा, भाषा, लिपि, संगीतको संरक्षण एवं सम्बर्द्धन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई रहेको कुरा बताएका छन् ।

काठमाडौ महानगरपालिकाको मूल नारा नै साँस्कृतिक सहर, काठमाडौं महानगर तय गरेको र सोही नारालाई सार्थक बनाउने गरी महानगरपालिकाले काठमाडीको कला, संस्कृति, सम्पदाहरुको संरक्षण, सम्बर्दन, निर्माण एवं पुनः निर्माणको कार्यलाई प्राथमिकताकासाथ अघि बढाउदै आइरहेको र २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित भई आएपश्चात  पहिलो प्राथमिकतामा राखेर २०७२ सालको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरुको पुनर्निर्माण एवं जीर्णोद्धार गर्ने कार्य भइरहेको बताउँदै मेयर शाक्यले प्राचीन स्मारक संरक्षण ऐन २०१३ को कानूनी व्यवस्था बमोजिम यहाँको कला, संस्कृति, सम्पदा संरक्षण तथा प्रवर्द्धनको कार्यलाई काठमाडौं महानगरपालिकाने तयार गर्ने नीति तथा कार्यक्रम र बजेटमा विशेष प्राथमिकताकासाथ व्यवस्था गरी हरेक वर्ष करिब रु १०० करोड भन्दा बढी बजेट छुट्याउदै आइरहेको दावी गरेका छन्  ।

यस क्रममा काठमाडौं महानगरपालिकाले काष्ठमण्डप, कमलपोखरी, दरबार स्कूल, विभिन्न वडामा रहेका ऐतिहासिक बाहा बही, मठमन्दिर, चैत्य, बिहार, गुठिघर बछे जस्ता १५० भन्दा बढी सम्पदाहरुको पुनर्निर्माण गरिसकेको र स्थानीय बाजागाजाहरुको संरक्षण, जात्रापर्बहरुको सञ्चालन, बाजागुरुहरुलाई जस्ता कार्यक्रमहरु समेत अघि बढाएका छौ । काठमाडौं महानगरपालिकाले महानगरभित्र मात्र नभई उपत्यकाका भित्रका अन्य नगरपालिका क्षेत्रभित्रका सम्पदाहरुको पुनर्निर्माणमा यथासम्भव सहयोग गर्द आइरहेको कुरा मेयरले बताए ।

राष्ट्रिय सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत उपत्यका बाहिरका स्थानीय सरकारहरुसंग समेत भगिनी सम्बन्ध स्थापना गर्दै ऐतिहासिक एवं पुरातात्विक महत्वका क्षेत्रहरुको विकास तथा संरक्षणमा सहकार्य र साझेदारी गर्दै आइरहेका छौ। यसै कार्यक्रम अन्तर्गत सुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकास लगायतका कार्यहरु भएको र गत ४ वर्षमा काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरुको लामो सूची पनि मेयर शाक्यले प्रेसमिट मा प्रस्तुत गरे । यसै क्रममा काठमाडौ महानगरपालिकालाई संचार क्षेत्रबाट हुँदै आएको सहयोगको लागि धन्यवाद दिदै आगामी दिनहरुमा समेत काठमाडौंभित्र र बाहिरको सम्पदा तथा संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्न निरन्तर लागिरहने प्रतिबद्धता पनि मेयर शाक्यले पोखेका छन् ।

Categorized in उपत्यका