STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हनुमानढोकामा यःसिँ उठाएसँगै शुरु भयो यँयाः (इन्द्रजात्रा)

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ९, मंगलबार

काठमाडौँ  - हनुमानढोकामा यःसिँ ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको यःसिँ ठड्याएपछि इन्द्रजात्रा शुरु भएको छ ।  इन्द्रजात्रालाई नेपालभाषामा ‘येंयाः’ भनिन्छ । यँको अर्थ यँमाःद्यः अर्थात् इन्द्र देउता र याः भनेको यात्रा वा जात्रा हो ।

इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा नेवार समुदायले मनाउने जात्रा हो । यसलाई येँयाः पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । 

१२ औँदेखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्वः द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।

Categorized in उपत्यका