STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हत्याको आरोपमा पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरेको छ । जेठ २७ गते पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको शव भीरकोट नगरपालिका–१ स्थित मुल्की चौपारीमा भेटिएको थियो । अधिकारीलाई मृतावस्थामा भेटेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालसहितको टोलीले घटनाका बारेमा अनुसन्धान थालेको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयको तालीमप्राप्त कुकुरको सङ्केतको आधारमा अनुसन्धान गर्दै जाने क्रममा जेठ २६ गते राति राजेश अधिकारीले काम गरेको पैसा माग्दै तथानाम गाली गरेको र आफ्नो आत्मसम्मानमा चोट पु¥याएको भन्दै हथौडा र काठको चिर्पट प्रहार गरी घाइते बनाएर छोडेकाले अधिकारीको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । हत्या आरोपमा पक्राउ परेका सूर्यवंशीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानकार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । मदिरा नष्ट जिल्ला प्रहरी कार्यालयले विशेष सूचनाको आधारमा अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ । बिहीबार विशेष जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दहथुमबाट संयुक्तरूपमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले पुतलीबजार नगरपालिका–१३, भीरकोट नगरपालिका १ र ६ का विभिन्न स्थानमा घरेलु मदिरा एवं मदिरा बनाउने कच्चा पदार्थसमेत बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । दुई सय ५० लिटर तयारी र एक हजार २१० लिटर कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना