STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

हङ्गकङमा बस्दै आएका कृष्णभक्त महर्जनको गीत नेपालमा सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आश्विन २६, शनिबार

हङ्गकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जनको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ ( पोठिलाइ भाले चाहिन्छ )सार्वजनिक भएको छ । लुभु का म्युजिक भिडियो अभियन्ता कृष्णभक्त श्रेष्ठ लुभुकोल केभिएस लुभु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित म्यूजिक भिडियो गायक महर्जनकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । हास्य सम्राटको उपाधी पाएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितीमा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्य, नेपालभाषाका प्रथम सिने पत्रकार बिजयरत्न तुलाधर, कीर्तिपुर नगरपालिकाका पूर्व नगर प्रमुख रमेश महर्जन लगायतले नेपालभाषाको संगीत क्षेत्रले राम्रो गीत पाएको भन्दै शुभकामना व्यक्त गरे ।

गायक महर्जनको मन्तव्य भने भिडियो सामग्रीमार्फत राखिएको थियो ।

कार्यक्रम गीत एवम् म्यूजिक भिडियो निर्माणमा योगदान दिने कलाकार, प्राविधिकहरुलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा संगीतकर्मी हरिशरण सायमि, गायक सतिश महर्जन, यमन श्रेष्ठ, बानिका प्रधान लगायतले गीत र कलाकार कृष्णभक्त महर्जनले नृत्य प्रस्तुत गरेका थिए ।

सार्वजनिक भएको गीत ‘माखायात ग्वंगः माः’ का रचनाकार र संगीतकार पनि गायक महर्जन नै हुन् ।

म्यूजिक भिडियोको निर्देशन बालमुकुन्द प्रजापतिले गरेका छन् भने किरण जोशी र आराध्यालक्ष्मी खड्गीको अभिनय रहेको छ । छायाङ्कन र दृश्य सम्पादन शैलेस श्रेष्ठ लुभुले गरेका छन् ।

Categorized in साहित्य-कला