STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य संकटकाल घोषणा हुन सक्ने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २०, सोमबार

प्रधानमन्त्री केपी ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज साँझ ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेका हो । कोरोना भाइरसको महामारी तीव्र गतिमा बढेसँगै  आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकले देशमा स्वास्थ्य संकटकाल लगाउने सम्भावना छ ।

मन्त्रिपरिषद्को बैठक बस्नेबारे मन्त्रीहरूलाई दिउँसो साढे १ बजे खबर दिइएको हो ।

Categorized in राजनीति