STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्यवर्धक फल अमला

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १६, शुक्रबार

अमलालाई पोषक तत्वहरुको राजा रुपमा लिइन्छ । अमलामा  मिनरल्स र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरलाई स्वास्थ्य राख्न मात्र होइन विभिन्न रोगबाट समेत बचाउँछ । अमलालाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं । यसलाई काँचै खान सकिन्छ । यस्तै, अमलाको जुस, अचार वा जाम बनाएर पनि प्रयोग गर्न सकिन्छ । 

  • अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ । बूढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाँउछ ।
  • अमलाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन ।
  • अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ । अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ । 
  • अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ । दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।
  • यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ । अमलाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ ।
  • यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ ।
  • यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न सहयोग गर्नुका साथै कब्जियत हुनबाट बचाउँछ।
  • भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ।
  • नियमित अमला खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। साथै रगत सफागर्ने काम गर्छ ।
  • अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ भने स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ।
  • अमलाको सेवनले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ।
  • नियमित अमला सेवनले पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ।
  • नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने आदिमा अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ।
  • अमलाको सेवनले रुघाखोकीसमेत निको हुन्छ।
Categorized in स्वास्थ्य-मौसम