STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्ववियु निर्वाचनमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १, शुक्रबार

काठमाडौं - त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अध्यक्ष पदको लागि १७ जनाको उम्मेदवारी परेको छ । 

क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी  र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्रा .डा .कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् । 

बिहीबार ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र फिर्ता लिने समयावधि तोकिएको तथा बिहीबारै ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्य तालिका रहेको छ । त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि तोकेको छ । स्ववियु निर्वाचनमा आगामी चैत ५ गते त्रिवि अन्तर्गतका क्याम्पसमा हुँदैछ ।

Categorized in राजनीति