स्वर्गीय कृष्ण चापागाईंकाे पुण्यतिथिमा भाेजन दान
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ८, सोमबार
निर्माता तथा निर्देशक कृष्ण चापागाईंको १३औं पुण्यतिथिको अवसरमा नेपाल चलचित्र निर्देशक समाजले देशका विभिन्न स्थानमा भोजनदान कार्यक्रम सम्पन्न गरेको छ। अमेरिका निवासी चलचित्रकर्मीहरूको सहयोगमा सम्पन्न उक्त कार्यक्रममार्फत ४७० जना असहाय, तथा आश्रितलाई भोजन गराइएको कुुुुरा समाज जनाएको छ।
५२ वर्षको उमेरमा असामयिक निधन भएका चापागाईंप्रति श्रद्धाञ्जली अर्पण गर्दै आइतबार काठमाडौं, भक्तपुर, धरान, ३८००, विराटनगर र पकलीस्थित विभिन्न सामाजिक संस्थामा भोजनदान गरिएको हो। अमेरिका निवासी निर्देशक सुमन दाहालको संयोजनमा १ लाख ३७ हजार ५१९ रुपैयाँ संकलन गरी नेपाल चलचित्र निर्देशक समाजमार्फत उक्त भोजनदान कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत काठमाडौंको फ्युचर होप नेपालमा २२ जना, भक्तपुरको सहारा केयर सेन्टरमा ३५ जना र देउमा जगत वृद्धाश्रममा २९ जनालाई भोजन गराइएको थियो। त्यसैगरी धरान पुनर्स्थापना गृहमा ३० जना, इटहरीस्थित माया घर नेपालमा १३५ जना, निशाहय बालबालिका सेवा आश्रममा ६० जना तथा पकली वृद्धाश्रममा १९ जनालाई भोजन गराइयो । विराटनगरस्थित मानव सेवा आश्रममा १४० जनालाई दुई चरणमा भोजन गराइएपछि कार्यक्रममार्फत कुल ४७० जना लाभान्वित भएका थिए।
यसैगरी काठमाडौंको फ्युचर होप नेपालमा २२ जना, भक्तपुरको सहारा केयर सेन्टरमा ३५ जना र देउमा जगत वृद्धाश्रममा २९ जनालाई भोजन गराइएको थियो। त्यसैगरी धरान पुनर्स्थापना गृहमा ३० जना, इटहरीस्थित माया घर नेपालमा १३५ जनालाई भाेजन दान गरिएको थियो
कार्यक्रमको कोशी प्रदेश संयोजन नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशले गरेको थियो भने धरान क्षेत्रको व्यवस्थापन तथा संयोजन होप धरानले गरेको थियो ।
नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधानले स्वर्गीय कृष्ण चापागाईंले नेपाली चलचित्र क्षेत्रमा पुऱ्याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्दै उहाँको स्मृतिमा गरिएको भोजनदानले सामाजिक उत्तरदायित्वसँगै मानवीय सेवाको सन्देश प्रवाह गरेको बताए। उनले आगामी दिनमा पनि चलचित्रकर्मीहरूबीच एकता, सहकार्य र सामाजिक सेवाका यस्ता अभियानलाई निरन्तरता दिइने विश्वास व्यक्त गरे।
स्वर्गीय चापागाईं नेपाली चलचित्र क्षेत्रका सक्रिय स्रष्टा थिए । उनले 'एक नजर', 'दिदी भाइ', 'महान', 'चट्टान', 'इज्जतदार', 'दिवानापन' 'निखिल दाइ' लगायतका चलचित्र निर्देशन गरी नेपाली चलचित्र उद्योगमा महत्वपूर्ण योगदान पुऱ्याएका छन् । उनको सम्मान र स्मृतिलाई जीवित राख्ने उद्देश्यले यो भोजनदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष प्रधानले बताएका छन् ।
Categorized in साहित्य-कला

