STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वतन्त्र सञ्चारग्रामका सम्पादक जर्मनीको व्यापारिक मेलामा

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २५, शनिबार

काठमाडौं– जर्मनीको मेस्से फ्रान्कफर्ट कम्पनीको निमन्त्रणामा त्यहाँ हुँदै गरेको व्यापारिक मेला अवलोकनका लागि स्वतन्त्र सञ्चारग्राम साप्ताहिकका सम्पादक दानदास श्रेष्ठ माघ २३ गते त्यसतर्फ प्रस्थान गरेका छन् । एम्बिआन्टे मेला २०२० नाम दिइएको सो अन्तर्राष्ट्रिय मेला फेब्रुअरी ७ देखि ११ सम्म चल्नेछ । मेलामा १ सय ७ राष्ट्रको सहभागिता रहेको जनाइएको छ । नेपालको निम्ति मेस्से फ्रान्कफर्टका प्रतिनिधि विनोद मल्लको अध्यक्षतामा नेपाली उद्यमी व्यापार व्यवसायीहरुको समूह यसअघि नै उता पुगिसकेको छ । नेपालले गलैंचा, पश्मिना, मूर्तिकला, हस्तकला, धातुजन्य सामग्री र तयारी पोशाक टेक्सटाइललगायत १०० थरि उत्पादन मेलामा राखेका छन् । दुई लाखभन्दा बढी उपभोक्ताले अवलोकन गर्ने सो मेलामा विशेष गरी डाइनिङ, लिभिङ र गिभिङ्ग अर्थात् भान्छाका सरसाधन, बैठकमा विविध सामान र उपहारजन्य पहिरन, परिधानको किनबेच हुने जनाइएको छ । फ्रान्कफर्टमा मुख्य कार्यालय रहेको मेस्से फ्रान्कफर्ट कम्पनीको नेपाललगायत विश्वका ५५ देशमा शाखा कार्यालय रहेको छ । आजभन्दा ४० वर्षअघि नेपालसँग प्रगाढ सम्बन्ध गाँसेको सो मेलामा पश्मिना, गलैंचा, हस्तकलाका उत्पादनको बिक्रीबाट एक अर्बभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको रहेको छ ।

(राजीव राजोपाध्यायको सहयोगमा)

Categorized in बिजनेस