STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वतन्त्रसंसार महर्जनको अभिनयमा कमब्याक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ ३०, बिहिबार

नेपालभाषाको चलचित्र र संगीत क्षेत्रमा पृथक पहिचान कायम गरेका सकृय कलाकर्मि  स्वतन्त्रसंसार महर्जन आफ्नो खराब स्वास्थ्यको कारण अभिनय क्षेत्रबाट टाढा रहँदै आउनु भएको थियो भने अहिले पुनः  अभिनय क्षेत्रमा कमब्याक हुनु भएको छ ।  संसार्स अनलाइन टेलिभिजनका निमित्त संसार क्रियशन्स नेपालद्वारा निर्माण गरिएको "नजाउ टाढा क्षितिजमा "बोलको  नेपाली म्युजिक भिडियोमा प्रमूख पात्रका रुपमा देखिनु भएका स्वतन्त्रसंसार  अभिनित  उक्त भिडियो विहिबार किर्तिपुर सिनेप्लेक्समा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो  । मलेशिया रहँदै आउनु भएका दिपक बिबश आँसु रचित यो गीतमा  कल्पना श्रेष्ठले स्वर प्रदान गर्नु भएको छ । 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमूख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम संसार्स क्रियशनका प्रमूख स्वतन्त्र संसार महर्जनको सभापतित्वमा भएको हो । आयोजक संस्थाका संस्थापक प्रेमहा महर्जन ले स्वागत मन्तव्य राख्नु भएको यस कार्यक्रममा गीतकार दिपक विवश आँसुले उक्त गीतका विविध पक्षमाथि प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा सिलु चलचित्रका एेतिहासिक हिरो जय श्रेष्ठ,चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का , नेवाः टिभिका प्रमूख नविन जोशी , चलचित्र संघका महासचिव एवं किर्तिपुर सिनेप्लेक्सका नरेन्द्र महर्जन, नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्दशक विजयरत्न असंबरे र  अग्रज कलाकर्मि पवन जोशी लगायतको विशेष उपस्थिति रहेको थियो । 

यसै कार्यक्रममा संसार्स अनलाइन टेलिभिजनकालागि संसार क्रियशन्स नेपालले निर्माण गरेको वेब सिरिज "सौभाग्य"को प्रोमो पनि सार्वजनिक गरिएको थियो  । श्रावण ६ गतेबाट प्रसारण शुरु हुने यो सिरिजको प्रत्येक अंश २०/२२ मिनेट रहने र हाललाई २५ भाग प्रसारण हुने कुरा निर्दशक प्रदिप सिंह थापाले बताउनु भयाे ।

यो"नजाउ टाढा क्षितिजमा "म्युजिक भिडियोमा स्वतन्त्र महर्जन,शोभा महर्जनका साथमा संम्बत संसार महर्जनले पनि बाल कलाकारको रुपमा अभिनय गर्नु भएको छ ।  संम्बत संसार महर्जन सकृय सन्चारकर्मि एवं कलाकार दम्पती स्वतन्त्रसंसार र प्रेमहा महर्जनया छोरा हुनु हुन्छ  ।

म्युजिक भिडियो जगतमा ख्याति कमाएका छायाँकार र सम्पादक सोहन मानन्धर ले छायाँकन र सम्पादन गर्नु भएको यो म्युजिक भिडियोकोलागि स्टिलफोटोग्राफी बिक्रम खड्गी,मेक अप जीवन पासा,हेयर ड्रेसर रबिन्द्र ठाकुर (छोटु) रहनु भएको छ । 

यो गीतको संगीतकार मन्जु नकर्मी हुनु हुन्छ भने संगीत संयोजन बुद्ध सायमीले गर्नु भएको छ । रेकर्डिङ स्टुडियो अडियो नेपालमा रेकर्ड गरिएको यस गीतको म्युजिक भिडयो को पोष्टर डिजाईन एस.एस. प्रीन्टिङ सर्भिसेस, ड्रेस डिजायन गिफ्ट नेपाल, प्रोडक्सन कन्ट्रोलर उजय शाही,

प्रोडक्सन म्यानेजर विष्णु भक्त डंगोल र सहायक निर्देशन प्रेमहा संसार महर्जनले गर्नु भएको छ । यो म्युजिक भिडियो का निर्माताहरु प्रेमहा संसार महर्जन,संगीता गुरुङ र वीरबल रोका क्षेत्री रहनु भएको छ भने परिकल्पना र निर्देशन स्वतन्त्र संसार महर्जन स्वयंले गर्नु भएको छ ।

भिडियो हेर्न तल यहाँ क्लिक गर्नुहोला

Categorized in साहित्य-कला