STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्रष्टा र सिर्जना कार्यक्रममा वरिष्ठ आख्यानकार सायमि

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २२, सोमबार

नेपालभाषा एकेडमीले ‘सर्जक व सृजना २’ कार्यक्रम सम्पन्न गरेको छ । सर्जक र सृजनाको चर्चा गर्ने कार्यक्रमको दोश्रो संस्करणमा वरिष्ठ आख्यानकार मथुरा सायमिको जीवनी र कथाहरुलाई नेपालभाषाका दिग्गज साहित्यकारहरुमार्फत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार सायमिले आफ्नै कथाहरु वाचन गरेर पनि सुनाए ।  नेपालभाषा साहित्य क्षेत्रका विभिन्न साहित्यकारहरुले पनि सायमिको कथा वाचन गरेका थिए ।

आख्यानकार सायमिको व्यक्तित्वको चर्चा गर्ने क्रममा प्रा प्रेमशान्ति तुलाधरले सायमिको जीवनी र कृतिकाबारेमा सविस्तार प्रस्तुत गरे ।

एकेडमीका उपकुलपति मल्ल के. सुन्दरले वरिष्ठ आख्यानकार सायमिलाई उपन्यासकार भन्दा पहिले असन बजारका प्रसिद्ध पेडा साहुको रुपमा चिनेको ऐतिहासिक तथ्य उजागर गरे । मल्लले माइल्ड स्ट्रोक भएर पनि दाहिने दुई औंलाको भरमा सायमिले ७६ पृष्ठ लामो चिपनिप कथा लेखेको प्रसंग उल्लेख गर्दै उनको स्वास्थ्यलाभको कामना गरे ।

साहित्यकार रिना तुलाधर बनियाले आख्यानकार सायमिको उपन्यास तथा कथाकाबारे समालोचना गरेकी थिइन् भने उपन्याकार राज सायमिले आख्यानकार सायमिको व्यक्तित्वकाबारे चर्चा गरे । वरिष्ठ साहित्यकारद्वय प्रतिसरा सायमि र शाक्य सुरेनले आख्यानकार मथुराका कथा वाचन गरे । शरद कसाःले मथुराया म्हगस शिर्षकको आत्मपरक कथा वाचन गरे ।

त्यसैगरी लोककवि राजभाई जकःमि र वरिष्ठ गायक वीरप्रसाद भन्सारीले कविता र गीत प्रस्तुत गरेका थिए भने सुधा महर्जन र नसला महर्जनले नृत्य प्रस्तुत गरेका थिए ।

आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा २०२६ सालमा हितकर वीर सिं कसाःले आयोजना गरेको पहिलो अन्तर कलेज साहित्य सम्मेलनमा गुरु दुर्गालालले सम्पादन गरेको आफ्नो कथा प्रथम भएको प्रसंग सुनाए ।

यस अघि एकेडमीले करिब एक बर्ष पहिले सर्जक व सृजनाको पहिलो श्रृंखलामा जनकवि दुर्गालाल श्रेष्ठलाई प्रस्तुत गरेको थियो ।

एकेडेमीका कुलपति यज्ञरत्न धाख्वाः को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ प्रमूख अतिथीका रुपमा रहेका थिए । सो कार्यक्रममा एकेडेमीका सदस्य सचिव डा पुष्पराज राजकर्णिकार ले स्वागत मन्तव्य र एकेडेमीको साहित्य विभागका संयोजक त्रिरत्न शाक्यले धन्यवाद ज्ञापन गरेका थिए ।

Categorized in साहित्य-कला