६ जना मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारले पायो पूर्णता
Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १८, मंगलबार
सुर्खेत - कर्णाली प्रदेशका नतवनियुक्त ६ जना मन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको छ ।
मन्त्री नियुक्त हुनेमा नेकपा (माओवादी केन्द्र)बाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रणसिंह परियार छन् ।
त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् ।
Categorized in राजनीति