STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्यानेटाइजर उद्याेगमा आगलागी

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २८, बुधबार

काठमाडाैं – मध्यपुर थिमि स्थित एक स्यानेटाइजरलगायत विभिन्न रसायन निर्माण गर्ने उद्याेगमा आगलागी भएकाे छ । थिमि नगरपालिका ६ मा रहेकाे युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा म‌ंगलबार साँझ ६ बजे आगो लागेकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जनाएकाे छ । भक्तपुर र ललितपुरका दमकलले आगो नियन्त्रणमा लिएकाे थियाे । आगलागीकाे कारण ५० लाख बढीकाे क्षति भएकाे जनाइएकाे छ ।
Categorized in अपराध-दुर्घटना