STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्याङ्जामा जीप दुर्घटना, तीनजनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २५, सोमबार

स्याङ्जामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् ।

वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जीप आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली, ३२ वर्षीया गङ्गा पल्ली र सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

जिपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा दुई जना र गएराति पोखरास्थित मणिपाल अस्पतालमा एक जनाको मृत्यु भएको हो । गल्याङ नगरपालिका–१० की करिष्मा थापाको मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

जीपमा चालकसहित १९ यात्रु थिए । चालकसहित अन्य दुई जना सामान्य उपचारपछि घर फर्किएका छन् भने बाँकी रहेका १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । जीप वालिङ–१० मदिखोला नजिकै कच्ची सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।

Categorized in अपराध-दुर्घटना