STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्याङजामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३०, शुक्रबार

काठमाडौँ - स्याङजामा शुक्रबार भएको जिप दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च  ३०२६ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

जिप अनियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेम कुमारी कुँवर, ८६ वर्षीया हरीकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भिमकला कुँवर छन् । 

यस्तै, ७० वर्षीया मुवा कुमारी कुँवर, ४३ वर्षीया पोट कुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञान दली कुँवर, ५० वर्षीया मिना कुँवर र ५० वर्षीया फूलदेवी कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिप दुर्घटनामा १३ जना घाइते भएका छन् ।  घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा बेल माया कुँवर, भुल वहादुर कुँवर, गौमती थापा, ज्ञान माया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर, र नेत्रबहादुर कुँवर रहेका छन् ।

Categorized in अपराध-दुर्घटना