STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्मोलेट मुद्दालाई पुनः विचार गर्न आवश्यक ः ट्रम्प

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘घृणा अपराध’लाई प्रोत्साहन गरेको आरोप लागेका अमेरिकी टेलिभिजन कलाकार जुसी स्मोलेटका सबै आरोपमाथि सफाई दिने इलिनोइसका अभियोजनकर्ताहरूको निर्णयलाई पुनः मुल्याङ्कन गरिने सम्भावना व्यक्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भन्नुभएको छ, “ एफबिआई र न्याय विभागले सिकागोमा दर्ता जुसी स्मोलेटमाथि लागेको घृणित मुद्दाबारे पुनः मुल्याङ्कन गर्नेछ । यो हाम्रो राष्ट्रको लज्जाको बिषय बनेको छ ।” अभियोजनकर्ताहरूले स्मोलेटमाथि लागेका गम्भीर खालका सबै १६ आरोपलाई सामुदायिक सेवाप्रति उत्तरदायी बन्ने र १० हजार अमेरिकी डलर जरिवाना तिर्ने सहमतिमा स्थगित गरिएको बताएका थिए । तर स्मोलेटका वकीलहरूले यस प्रकारको सहमति नभएको तर राज्यद्वारा मुद्दा खारेज गरेको बताएका छन् । उनीहरूले हतारमा निर्णय सुनाइँदा ‘प्रसिद्ध’ टेलिभिजन कलाकार स्मोलेट पीडित बनेको उहाँका वकीलहरूले बताएका छन् । फक्स संगीत नाटक ‘साम्राज्य’ का मुख्य कलाकार छत्तिस बर्षीय स्मोलेटसहित ताराजी पी हेनसनविरूद्ध ख्याति र पैसाका लागि उनी सिकागोस्थित घरमा रहेका समय दुई नकाबधारी व्यक्तिले रातिमा आक्रमण गरेको झुट्टो खबर प्रहरीलाई गरेका थिए । अफ्रिकी अमेरिकी समुदायका समलिङ्गी स्मोलेटले उक्त घटनामा आफू निर्दोष रहेको सार्वजनिक रूपमा बताउँदै आएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय