STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्पाइनी बाएब्लर फिल्म महोत्सवमा "प्रकाश” सर्वोत्कृष्ट ठहर

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ २४, बुधबार

राजधानी स्थित राष्ट्रिय नाचघरमा तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३ भब्य रुपमा सम्पन्न भएको छ । स्पाईनी मुभिज प्रा.लि.को आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा ४ वटा गरि कुल १८ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो ।

 देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आईरहेको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२३ को यो तेश्रो संस्करण हो, यस संस्करणको लागि नेपालका अलवा विभिन्न देशहरुवाट थुप्रै पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका चलचित्रहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय दुबै भाषाका फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्री फिल्महरु मध्ये राष्ट्रिय क्याटेगोरी तर्फ निर्देशक दिनेश राउतले चलचित्र प्रकाशबाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका थिए भने सोही फिल्मवाट प्रदीप खड्काले अभिनेता र विकास सुवेदीले लेखन विधामा अवार्ड हात पारेका थिए । नायिका नम्रता सापकोटाले डेसान बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल भईन भने  राष्ट्रिय तर्फ   नेपाल भाषाको सर्ट फिल्म ईन्दायणीवाट दर्शनबीर शाक्यले निर्देशकको अवार्ड हात पारे, त्यस्तै गरी तिर्खा बाट प्रशन्न मालीले वेष्ट सर्ट फिल्म, किड्न्यापवाट ज्ञानेन्द्र कोईरालाले सर्टफिल्म निर्देशक, दुःखी बुहारी वाट श्रृजना कार्कीले सर्ट फिल्म लेखक, अहम प्रेमवाट ज्ञानेन्द्र खतीवडाले सर्ट फिल्म छायाँकारको अवार्ड हात पार्न सफल भएका थिए । सम्पादक गौतम खड्रकाले भोजपुरी फिल्म कलयुगकी पाँञ्चालीवाट सम्पादकको अवार्ड हात पार्दा कमल एक्चै मगरले डेसान चलचित्रवाट नवनिर्देशकको अवार्ड हात पारेका थिए त्यसैगरी राहुल राईले चलचित्र मिलनवाट उत्कृष्ट चलचित्र छायांकार, राजन खरेलले खहरे पाँगु बृत्तचित्रको उत्कृष्ट छायांकार र जुगल :अ सिम्वोल अफ अनवईरिङ बाट लव प्याकुरेल उत्कृष्ट वृत्तचित्र निर्देशकको अवार्ड हात पारेका थिए ।कार्यक्रममा ईन्टरनेशनल क्याटेगोरी तर्फ डुक बक्स ईलिङटन (आयरल्याण्ड) लाई उत्कृष्ट डकुमेन्ट्रि फिल्म, द रोड (भारत) लाई उत्कृष्ट फिल्म, फोर्स (ईरान) लाई उत्कृष्ट कथा, द लाईट बल्व (भेनेजुएला) लाई उत्कृष्ट छायांकार र फिडलस्ट्रिक (ईजिप्ट) चलचित्रवाट एजिडिन एफडेल हेडीलाई उत्कृष्ट निर्देशक अवार्ड प्रदान गरिएको थियो ।

एरा प्रोडक्सन प्रा.लि. ले व्यवस्थापन गरेको उक्त कार्यक्रमको निर्देशक कमला जोशी हुन् ।नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, चलचित्र नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, ट्रेड यूनियन काँग्रेसका अध्यक्ष पुस्कर आचार्य, खुम्बु पासाङ गाउँपालिकाका वडा नं १ का अध्यक्ष फुनुरु शेर्पा, चलचित्र पत्रकारहरु शान्तिप्रिय, डब्बु क्षत्री, विजयरत्न तुलाधर, भरत बम्जन, लोक गायक कुलेन्द्र वि.क., चलचित्रकर्मी ऋषि लामीछाने, दिनेश पाख्रिन, ऋषिराज आचार्य, पत्रकार कुवेर गिरी, विष्णु सुवेदी, सुमन बैरागी, सविता पोखरेल, तुलसी गिरी “भावुब”, लोकेन्द्र शाही, राजन थापा, सरिता भारती, सुवाष प्रधान, संगीतकर्मी दिपक शर्मा, राजेन्द्र वजगाई, अभिनेता तेज गिरी, शितल के.सी., रुपेन्द्र श्रेष्ठ, निर्माता शेखर लामा। सामना शाह, नम्रता खरेल लगायत सयौंको संख्यामा कलाकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संचारकर्मी बाबुराम सिग्देल, गायिका रोशनी रसाईली, ईभेन्ट म्यानेजर सन्तोष सुवेदी, गायकहरु ओम सुनार र अमृत खाती, अभिनेत्रीहरु आशा भुषाल र उषा खनाल सम्मानित समेत भएका थिए । फेष्टिवलको निर्णाकहरुमा चलचित्र निर्देशक माधव राज खरेल निर्णायक प्रमुख थिए भने नाट्यकर्मी केदारनाथ पौडेल, निर्देशक जीवन थापा, अभिनेता प्रवण भुषाल, गायिका सुजता केसी, लेखक तथा साहित्यकार भिष्मराज फुलारा, संगीत संयोजक राकेश सोनी, संचारकर्मी चक्र कुँवर, मेकअप आर्टिष्ट विक्रम गौतम, अभिनेता तथा कोरियोग्राफर लिगेश भट्टराई निर्णायक सदस्यका रुपमा रहेका थिए ।

Categorized in सिनेमा