STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीय तहको निर्वाचनमा जुट्न नेता नारायणकाजी श्रेष्ठको निर्देशन

Janjati Khabar | २०७८ फाल्गुण ३०, सोमबार

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादीद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले निर्वाचनको मिति नजिकिँदै गएकाले सङ्गठन निर्माणसँगै स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले केन्द्रमा गठबन्धन सरकार भए पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने टुङ्गो लागि नसकेकाले आफ्नै सङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । गठबन्धन होला नहोला तर हामीले आफ्नै सङ्गठनका बलमा स्थानीय तहको निर्वाचन लड्ने गरी तयारीका साथ लाग्नुपर्छ उहाँले भन्नुभयो ।

नेता श्रेष्ठले महत्वपूर्ण स्थानमा गठबन्धन हुनसक्ने भन्दै अन्य स्थानमा विचार मिल्ने दलसँग तालमेल हुने बताउनुभयो । उहाँले माओवादी पार्टीले वैचारिक दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीले स्पष्ट नीति र कार्यदिशा बनाएर कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।–

Categorized in राजनीति