STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थगित रहेकाे ‘बी’ डिभिजन लिग फुटबलका बाँकी खेल आजदेखि

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ११, मंगलबार

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुँदैछन् । कोरोना महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष ५ चैतमा स्थगित गरिएकाे थियाे ।

लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एसाेसिएस र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।

पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ ।

Categorized in खेलकुद