STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तिब्र

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ १४, आइतबार

चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तिब्र पारिएकाे छ ।

क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तिब्र पारिएकाे जनाएकाे छ ।

नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना गरिएकाे क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले बताए ।

महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी १०० बढी स्टलहरु रहने छन् । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड ५० लाखको कारोवार हुने अनुमान र अपेक्षा गरिएको छ।

पाँच दिन सम्म चल्ने महोत्सवमा चलचित्र र पर्यटनको विकासको लागि राज्य र निजी स्तरबाट गर्नुपर्ने पहलका बारेमा शुष्म रुपमा छलफल र बहस गरी नीतिगत सुधारको लागि सरकारको ध्यानर्कषण गराइने उनकाे भनाई छ ।

महाेत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रियका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहन साे महाेत्सवकाे अन्य सहयाेगी संस्थाकाे रुपम चलचित्र विकास वोर्ड, नेपाल पर्यटन वोर्ड, नेपाल टेलिकम, बागमती प्रदेश, पर्यटन मन्त्रालय, भरतपुर महानगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, इच्छाकामना गाँउपालिका, गैंडाकोट नगरपालिका, देवघाट गाँउपालिका, हेटौडा उपमहानगरपालिका छन् ।

महाेत्सव मुल समाराेह समितिका सहसंयाेजक तथा साैराहाकम व्यवसायी गाेकर्ण गिरीले साैराहामा हुने अन्तराष्ट्रिय स्तरकाे फिल्म फेस्टिवलले सुस्ताएकाे पर्यटनलाई चलायमान बनाउने बताए ।

महाेत्सवकाे सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरका कलाकारहरु राजु परियार, जीवन शर्मा, शान्ति श्री परियार, शिला आले, पशुपति शर्मा, हिमाल सागर, टीका प्रसाई, सरोज विरही, ज्योती मगर, कृष्ण कँडेल, शम्भुजित बास्कोटा, एलिना चौहान, रचना रिमाल, भाइवर साइमन, कुल व्वाई, साथै स्थानीय कलाकार तथा व्याण्डककाे प्रस्तुती रहने छ।

क्याराभान नेपालले यस अघि विरगन्जमा स्वर्णिम चलचित्र महोत्सव तथा लुम्बिनीमा बुद्धको जीवनी र दर्शन सम्बन्धी फेस्टिवल गरेकाे थियाे ।

पत्रकार सम्मेलन महाेत्सव मुल समाराेह समितिकी सदस्य शान्ति पाख्रिनले सञ्चालन गरेकी थिइन् ।

Categorized in सिनेमा