STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सोसियल मिडिया फिल्म अवार्डमा आदिबासी फिल्म पनि समावेश हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक १८, बिहिबार

 

१८ कात्तिक २०७८, काठमाडौँ - ड्रिमवर्ल्ड अफ् फिल्म मेकर्स प्रा.लि.ले आयोजना गर्ने गरेको  ‘सोसियल मिडिया फिल्म अवार्डस्–’ को दोस्रो संस्करणमा यसपटक लिडिङ वोमन एसोसियसनले सहकार्य गर्ने भएको छ भने चलचित्र, वृत्तचित्र, विज्ञापन, समाचारमूलक भिडियो तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई दृष्टिगत गरी यो ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ आयोजना हुने भएको कुरा आयोजक  समितिकी कार्यकारी अध्यक्ष शबनम मुखियाले जानकारी दिएको छ । 

यसअघि २०७५ सालमा ‘सोसियल मिडिया फिल्म अवार्डस्  २०७५ ' भव्यताकासाथ सम्पन्न भएको थियो । अवार्डस्को दोस्रो संस्करणमा सहभागिताको लागि दरखास्त आह्वान गरिएको र यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि २०७८ कार्तिक १६ गते देखि फारम खुला गरिएका सोसियल मिडिया फिल्म अवार्डस्की अध्यक्ष जानकी प्रधानले बताईन् । अध्यक्ष प्रधानका अनुसार  मुलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको उनको भनाई छ । 

ड्रिमवर्ल्ड अफ् फिल्म मेकर्स प्रा.लि. की अध्यक्ष तथा आयोजक समितिकी कार्यकारी अध्यक्ष शबनम मुखियाले अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’ चुनौतीपूर्ण समाचारमुलक भिडियो ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए विधामा प्रतिस्पर्धा हुने बताईन् । 

पहिलो महिला छायाँकारसमेत रहेकी मुखियाले ‘सोसियल मिडिया’अन्तर्गत फेसबुक, इन्टाग्राम, ट्विटर, युट्युव, भ्लगमा समावेश गरिएको जनचेतनामूलक र सकारात्मक सन्देश दिने खालका विषयवस्तु समेटिएको भिडियोलाई प्राथमिकता दिईने जानकारी दिईन् ।   

कार्यक्रम संयोजक सन्तोषी अधिकारीका अनुसार फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामुलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको मनोनयन सार्वजनिकसँगै ‘सोसियल मिडिया फिल्म अवार्ड’ प्रदान गरिनेछ ।

संयोजक अधिकारीका अनुसार यसपटक सञ्चारको क्षेत्रमा, उद्योगको क्षेत्रमा र कलाकारीताका क्षेत्रका साथै सामाजिक क्षेत्रमा रही राष्ट्रको निम्ति योगदान दिने विशिष्ट व्यक्तिलाई सम्मान पनि गरिने छ । 

फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामुलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको एक कार्यक्रम आयोजना गरि मनोनयन सार्वजनिक गरिने आयोजकले बताएको छ । मनोनयनमा परेका मध्येबाट उत्कृष्ट छानेर विशेष समारोहमार्फत् ‘सोसियल मिडिया फिल्म अवार्डस्’ प्रदान गरिने संयोजक अधिकारीले बताईन् । 

सहभागीताका लागि लागि सहभागिले अपनाउनुपर्ने नियम र विषयवस्तुबारे ‘सोसियल मिडिया फिल्म अवार्डस्’ को फोसबुक पेजमार्फत् जानकारी पनि राखिएको उनको भनाई छ । यसपटक अवार्डमा अादिबासी जनजाति भाषाका  शर्टफिल्महरुका लागि छुट्टै प्रतिस्पर्धा हुने भएकोले आदिबासी जनजाति फिल्ममेकरहरुलाई यसमा सहभागी हुन् पनि विशेष अनुराेध गरिएको छ ।

Categorized in सिनेमा