STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २७, शुक्रबार

सगरमाथा सिमेन्ट प्रालि घोराहीले राप्ती बहिरा सङ्घ तुलसीपुरलाई ७० थान कम्मल प्रदान गरेको छ । सङ्घले सञ्चालन गर्दै आएको छात्रावासमा बसोबास गर्ने सुस्त श्रवण भएका बालबालिकालाई जाडोबाट बचाउनका लागि बिहीबार उक्त परिमाणको कम्मल प्रदान गरेको हो । सो अवसरमा सङ्घका निर्देशक प्रतिमा शर्माले छात्रावासमा नै आएर बालबालिकालाई कम्मल वितरण गरेकोमा धन्यवाद दिनुभयो । सो छात्रावासमा साविकको राप्ती अञ्चलका पाँच वटै जिल्लाका दुई दर्जन भन्दा बढी सुस्त श्रवण भएका बालबालिका बसोबास गर्दै आएका छन् ।
Categorized in राष्ट्रिय