सुशान्त सिंहको अन्तिम फिल्म सित्तैमा हेर्नसकिने
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १९, शुक्रबार
एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनबाट उनका फ्यान धेरै दुःखी छन्। मृत्युपछि उनका फ्यान सोसल मिडियामा उनको न्यायको माग गरिरहेका छन्। यस्तैमा सुशान्त सिंहको अन्तिम फिल्मका निर्माता उनका फ्यानका लागि स्पेसल सरप्राइज दिँदैछन्।
सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ छिट्टै उनका फ्यानबीच आइपुग्ने भएको छ। फिल्मकी मुख्य अभिनेत्री सञ्जना संघीले सोसल मिडियामा फिल्मको पोस्टर सेयर गर्दै यसको रिलिज डेट घोषणा गरेकी छन्। फिल्म ‘दिल बेचारा’ जुलाई २४ मा डिजिटल प्लेटफर्ममार्फत रिलिज हुँदैछ। यो फिल्म सबैलाई उपलब्ध हुनेछ। यसको मतलवहो कि यो फिल्म सब्सक्राइबर र नन् सब्सक्राइबर दुवैले हेर्न सक्ने छन्। फिल्म डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ।
फिल्मको पोस्टर सेयर गर्दै सञ्जनाले सोसल मिडियामा लेखेकी छन्। ‘प्रेम, आशा र कहिल्यै नबिर्सने सम्झनाको कथा। मृतक सुशान्त सिंह राजपुतको विरासतको उत्सव जुन हाम्रो सम्झनामा सधैंं रहिरहनेछ। दिल बेचारा जुलाई २४ मा रिलिज हुँदैछ।’
दिल बेचारामा सुशान्तको साथमा सञ्जना संघी छिन्। फिल्मको पोस्टरमा सञ्जना बिरामी देखिएकी छन्। फिल्मको निर्देशन मुकेश छाबडोले गरेका हुन्। ‘दिल बेचारा’ फक्स स्टार स्टुडियोले निर्माण गरेको हो। यो लभस्टोरी फिल्म हो।
Categorized in सिनेमा