STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुर्खेत बस दुर्घटनामा एक जनाको मृत्यु, एक बेपत्ता

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २३, बिहिबार

सुर्खेतको गुर्भाकोट नगरपालिका-९ गराले बजारनजिकै भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा परेका एक बेपत्ता र एक जना गम्भीर घाइते भएका छन् ।

दाङबाट रिजर्भ लिन जाजरकोटको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको थियो । बसमा तीनजना मात्र सवार रहेको गुर्भाकोट नगरपालिकाका-९ का स्थानीय हरि भट्टराईले जानकारी दिए ।

‘अहिले भर्खर मात्र घटनास्थलमा प्रहरी आएको छ,’ उनले भने, ‘बस नदीमा नै खसेको छ । गाडीमा तीन जना मात्र सवार रहेको जानकारी पाएका छौँ ।’ 

इलाका प्रहरी कार्यालय छिन्चुले पनि बसमा तीन जना सवार रहेको जनाएको छ ।

Categorized in अपराध-दुर्घटना